शैक्षिक रुपान्तरणका लागि टिच फर नेपालको आहवान |
काठमाडौं । नेपालमा शैक्षिक समानताको लागि कार्यरत टिच फर नेपाल अभियानले आगामि सत्रको लागि आवेदन भर्न नेपाली युवाहरूलाई आह्वान गरेको छ । आवेदनको म्याद २४ मंसिरसम्म छ ।
टिच फर नेपालले सामाजिक रुपान्तरणको लागि डट्ने ल्याकत भएका अब्बल नेपाली युवालाई आफ्नो अभियानमा सामेल हुन अपिल गरेको छ । यस अभियान अन्तर्गत हरेक प्रज्ञार्थीले २ वर्षसम्म प्रतिबद्ध भएर नेपालका विभिन्न सार्वजनिक विद्यालयहरूमा काम गर्नुपर्ने हुन्छ ।
ʽटिच फर नेपाल अभियान प्रज्ञार्थीहरूको लागि आफ्नो र विद्यार्थीहरूको नेतृत्व विकासको यात्रा हो ।ʼ टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिशिर खनालले बताए । उनले २ वर्षको अनुभवबाट प्रज्ञार्थीहरूले सीमित स्रोत र साधन प्रयोग गरेर प्रगति उन्मुख सोच भएका युवा जमातसँग सहकार्य गर्ने सुनौलो अवसर भएको बताए ।
पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट बीई गरेका टिच फर नेपालका पुर्व प्रज्ञार्थी होम बहादुर थापाले टिच फर नेपालको अनुभवले समाजलाई नजिकबाट हेर्न पाएको बताए । उनले भने, ʽ४२ दिनको आवासीय तालिममा हामीले विभिन्न समाजिक र शैक्षिक जानकारी पायौ । धेरै कुरालाई विभिन्न कोणबाट हेर्न सिक्यौ । ʼ
यस अभियानमा आबद्ध हुन जुनसुकै शैक्षिक पृष्ठभूमि र पेशागत अनुभव भए पनि न्यूनतम स्नातक उत्तीर्ण हुनुपर्ने छ । सन् २०१९ का लागि टिच फर नेपालले शैक्षिक रुपमा सबल, परिवर्तनको लागि इच्छा शक्ति भएका, प्रतिबद्ध र नेतृत्वदायी भूमिका खेल्नसक्ने र लक्ष्यलाई प्राथमिकताका साथ लिई अघि बढ्न सक्ने युवा खोजिरहेको शिशिर खनालले बताए ।
२ वर्ष सामुदायिक विद्यालयमा शिक्षक र समुदायमा परिवर्तनको संवाहकका रूपमा काम गर्ने टिच फर नेपालका प्रज्ञार्थीहरूले मासिक निर्वाह भत्ता पाउनेछन् । इच्छुकहरूले धधध।तभबअजायचलभउब।ियचन गइ आवेदन दिनुपर्ने छ । आवेदनको अन्तिम मिति मंसिर २४, २०७५ रहेको छ ।