प्रिमियर स्टीलद्वारा प्रोडक्ट लन्च इभेन्ट कार्यक्रम सफलतापूर्वक सञ्चालन |
काठमाडौं । प्रिमियर स्टील प्रालिले हालै प्रोडक्ट लन्चइभेन्ट कार्यक्रम सफलतापूर्वक सञ्चालन गरेको छ । यस कार्यक्रममा कम्पनीले उत्पादन गरेका उत्पादनहरुको जानकारी दिनुका साथै विक्रेताहरुलाई उद्योग अवलोकन समेत गराई उत्पादनकाक्रममा हुने प्रक्रिया एवं गुणस्तरीयताको वारेमा जानकारी दिइएको थियो । प्रोडक्ट लन्च तथा अवलोकन कार्यक्रममा शारदा ग्रुपका अध्यक्ष शिवरतन शारडा, अनुप शारडा, कम्पनीका प्राविधिक प्रमुख अभिजित सिंहको उपस्थिति रहेको थियो ।
उद्योगले ८ देखि ३२ एमएमका फलामे डन्डी एक घण्टामा ४० टनका दरले उत्पादन गर्न सक्ने उद्योगको स्थापना गरिएको शारडा ग्रुपका अध्यक्ष शिवरतन शारडाले जानकारी दिए । अध्यक्ष शारडाका अनुसार २० घण्टा उद्योग सञ्चालन गरेर ४ घण्टा मेन्टेनेन्स गरिने गरिएकको छ । उनले अहिले सम्मकै सबैभन्दा आधुनिक र उन्नत प्रकारको भारतीय मेसिनबाट फलामे डन्डीको उत्पादन भइ रहेको बताए ।
उद्योगका निर्देशक अनुपम राठीले उद्योग स्थापना गर्ने सोच २०७२ सालमा आएको तर भूकम्प र नाकाबन्दीले ढिलो भएको स्पष्ट पारे । उद्योगका प्राविधिक निर्देशक अभिजित सिंहले उद्योगले टीएमटी छड उत्पादनगर्न चाहिने कच्चापदार्थ बिलेटमा पाइने विभिन्न गुणस्तरमध्ये प्राइमबिलेट मात्र प्रयोग गरिने दाबी गरे ।
निर्देशक सिंहले उद्योगमा पूर्ण स्वचालित रोलिङ प्रणाली भएकाले मानवजन्य गल्तीका कारण उत्पादन कमजोर नहुने बताए । त्यस्तै कम्प्युटर न्युमेरिकल कन्ट्रोल्ड मेसिनबाट यसको रिब डिजाइन र नोचिङ गरिने हुँदा सिमेन्टको मिश्रणसित बलियो बन्धन रहने उल्लेख गरे । प्रिमियर स्टीलमा भारतको आन्ध्र प्रदेशस्थित विशाखापट्टनम, उडिसाको रायगढ, झारखण्डस्थित जमसेदपुर र पश्चिम बङ्गालस्थित दुर्गापुरबाट कच्चापदार्थ बिलेट ल्याइने गरेको छ ।
उद्योगलाई ६ मेगावाट विद्युत् आवश्यक पर्ने छ । डन्डीको मूख्यबजार तत्काल प्रदेश १ र २ रहेको छ । केही समयपछि उत्पादनलाई मुलुकभरि नै पुर्याउने लक्ष्य राखिएको छ । भूकम्पबाट भत्किएका घरमध्ये ३० प्रतिशतको पनि पुनर्निर्माण भइसकेको छैन । हाइड्रोलगायत राष्ट्रिय गौरवका आयोजना धमाधम बन्दैछन् । अरुण तेस्रोलाई एक उद्योगको उत्पादनले नपुग्ने भएकाले आगामी दिनमा फलामे डन्डी र सिमेन्टको माग अझ धेरै हुने सिंहले बताए ।
पूर्वमा सबैभन्दा पहिले फलामे डन्डीको उद्योग शारडा ग्रुपले नै मोरङको टङ्कीसिनवारीमा स्थापना गरेको थियो । यही ग्रुपको अग्रसरतामा ४० को दशकमा खुलेका एभरेस्ट आइरन र हेटौँडा आइरन नामका उद्योग हाल बन्द भइसकेका छन् ।
शारदा ग्रुप तथा राठी ग्रुपको संयुक्त लगानीमा स्थापना गरिएको यस प्रिमियर स्टिल प्रालिमा दक्ष एवं अनुभवी समुहको सहभागीता रहेको छ । ३६ वर्ष भन्दा बढीको स्टील उत्पदान सम्बन्धी अनुभव भएका सञ्चालकहरुको सहभागीताले गुणस्तरीय उत्पादनमा विशेषता हासिल गरेको छ ।
हालकम्पनीले एफई ५०० ग्रेडको स्टिल उत्पादनगर्दै आएको छ । कम्पनीका उत्पादन नेपाल गुणस्तरले तोकेको मापदण्ड भन्दापनि बढी रहेको छ ।