नेपाली काङ्ग्रेस, नेकपा एमाले र जनमतका स्थानीय नेता कार्यकर्ता जसपा प्रवेश |
काठमाडौं । नेपाली काङ्ग्रेस, नेकपा एमाले र जनमतका स्थानीय नेता कार्यकर्ता शनिबार जनता समाजवादी पार्टी, नेपाल प्रवेश गरेका छन् ।
बिराटनगरको वडा नम्बर १२ मा आयोजित वडा कमिटी भेला तथा प्रशिक्षण कार्यक्रममा दर्जनौँ नेता, कार्यकर्ता जसपा प्रवेश गरेका हुन् । नव प्रवेशीहरुलाई पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य युवराज कार्की, केन्द्रीय सदस्य राजेन्द्रप्रसाद गुप्ताले अवीर तथा फुलमाला लगाएर पार्टी प्रवेश गराएका हुन् ।
पार्टी प्रवेश गरेको बिराटनगरको वडा नम्बर १२ मोरङको निर्वाचन क्षेत्र नं ६ अन्तरगत पर्दछ जहाँबाट जसपा, नेपालले राजेश लोहनी र प्रोफेसर राजेन्द्रप्रसाद गुप्तालाई उम्मेदवार बनाउने सम्भावना रहेको छ भने नेपाली काङ्ग्रेसका डा.शेखर कोइराला उक्त निर्वाचन क्षेत्रबाट चुनाव लड्ने गर्छन् ।
यदि गठबन्धनबाट सम्मानजनक सिट बाँडफाँड नभए जसपा एक्लै चुनाव लड्ने योजनामा छ । जसपा, नेपालले मोरङको निर्वाचन क्षेत्र ५ र ६ बाट चुनाव जित्ने दावी गर्दछ ।