कोका–कोलाको धन्यवाद क्याम्पेले पायो ‘बेस्ट इभेन्ट/एक्टिभेसन’ गोल्ड अवार्ड |
काठमाडाैं । काेकाकाेलाकाे दशैंकाे धन्यवाद क्याम्पेन ‘बेस्ट इभेन्ट/एक्टिभेसन’ गोल्ड अवार्डकाे प्रथम विजेता बनेकाे छ । काेकाकाेला कृति अवार्डसकाे ‘बेस्ट इभेन्ट/एक्टिभेसन’ विधामा प्रथम विजेता बनेकाे हाे ।
गत वर्ष कोका–कोलाले दशैंको अवसरमा धन्यवाद थिमको एक्टिभेसन सञ्चालन गरेको थियो । विश्वव्यापी कोरोना महामारीको समयमा दिन–रात नभनी फ्रन्ट लाइनमा बसेर सेवा गर्ने सेवाकर्मीहरुलाई धन्यवाद ज्ञापन गर्न उक्त एक्टिभेसन सन्चालन गरिएको थियो ।
एक्टिभेसन अन्तर्गत विभिन्न एनजिओ र अस्पतालहरुमा कार्यरत ८ हजार भन्दा बढी सेवाकर्मीहरुलाई कोका–कोलाको तर्फबाट धन्यवाद बक्स प्रदान गरिएको थियो, जसमा उनीहरु प्रत्यकको नाम लेखिएको कोका–कोला बोतल र ग्लासहरु समावेश थिए ।