मिथिला लघुवित्तको आयोजनामा आँखा शिविर सम्पन्न | ४ सयभन्दा बढीले आँखा जाँच गराए, ८० जना मोतिया बिन्दुका रोगी फेला
काठमाडौं । धनुषाको ढल्केवरमा केन्द्रीय कार्यालय रहेको मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले यही मंसिर १० गते सर्लाहीको बबरगञ्ज र १२ गते धनुषाको गोदारमा आँखा शिविरको आयोजना गर्यो । संस्थाले जानकी आँखा अस्पताल जनकपुरको प्राविधिक सहयोगमा उक्त कार्यक्रम सञ्चालन गरेको हो । संस्थाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त कार्यक्रम गरेको बताएको छ ।
संस्थाको शाखा कार्यालयको प्राङ्गणमा सञ्चालन गरिएका दुवै शिविरमा ४ सयभन्दा बढी आँखाका बिरामीले आँखा जाँच गराएको र करिब ८० जनाको मोतिया बिन्दु रोग लागेको पाइएको संस्थाले जानकारी दिएको छ । साथै मोतियाबिन्दु रोग लागेका सबै बिरामीलाई शल्यक्रियाका लागि जानकी आंँखा अस्पताल पठाइएको संस्थाका विभागीय प्रमुख रेशमप्रसाद बाँस्तोलाले जानकारी दिए ।
ग्रामीण क्षेत्रका बासिन्दालाई घरघरमै पुगेर वित्तीय सेवा पु¥याई उनीहरूको आयस्तर बढाउन विभिन्न लघु वित्तीय कार्यक्रम सञ्चालन गर्दै आइरहेको उक्त संस्थाले सामाजिक कार्यमा समेत अग्र स्थानमा रहेर काम गरिरहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत सत्यदेव राउतले बताए ।
उनले भने, ‘हामीले समाजमा रहेका विपन्न वर्गको आर्थिक स्तरमा वृद्धि गर्न र स्वरोजगार बनाउन लघु वित्त कार्यक्रम त गरिनै रहेका छौं, त्यसका अलावा संस्थाले आफ्नो सामाजिक उत्तरदायित्वलाई पनि सँगसँगै लगेको छ । जस्तै, विभिन्न किसिमका स्वास्थ्य शिविर, सरसफाइ कार्यक्रम, जनचेतनामूलक कार्यक्रम पनि बेलाबेलामा सञ्चालन गरिरहेका छौं ।’