आइतबार सुनचाँदीको भाउ स्थिर |
काठमाडौं । आइतबार सुनचाँदीको भाउ स्थिर रहेको छ । भदौ २६ गते, सुन शुक्रबारकै भाउमा कारोबार हुँदैछ । आज छापावाल सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँ कायम रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन ९३ हजार ४०० रुपैयाँमा कारोबार हुँदैछ ।
अघिल्लो साताको अन्तिम कारोबार दिन, सुनको भाउ वृद्धि भएको थियो । त्यस दिन, सुन तोलामा १०० रुपैयाँले बढेर प्रतितोला ९३ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
सुनको भाउ एक सातामा ३०० रुपैयाँले बढोत्तरी भएको छ । गत आइतबार सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँ तोकिएको थियो । तर त्यसपछि भने सुनको भाउ प्रायजसो बढि नै रह्यो ।
यसैगरी, साताको पहिलो दिन, चाँदीको मूल्य पनि स्थिर रहेको छ । यस दिन चाँदी प्रतितोला एक हजार १५० रुपैयाँमा किनबेच हुँदैछ । शुक्रबार भने चाँदीकाे मूल्य उकालाे लागेकाे थियाे । प्रतितोला १५ रुपैयाँले महंगिएको थियो ।
गत साताको आइतबारको तुलनामा चाँदी तोलामा ४० रुपैयाँले वृद्धि भएको छ । त्यस दिन चाँदी प्रतितोला एक हजार ११० रुपैयाँ कारोबार भएको थियो ।