अजोड इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकबीच बैंकासुरेन्स सम्झौता |
काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड र मुक्तिनाथ विकास बैंक लिमिटेडबीच बैंकासुरेन्स सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेलले हस्ताक्षर गरेका हुन् ।
सम्झौतासँगै अब बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा बैंकका देशभर रहेका सम्पूर्ण शाखाबाट पाउन सक्ने अजोड इन्स्योरेन्सका बजार विभाग प्रमुख लक्ष्मण पराजुलीले बताए ।