सिन्धुपाल्चोकमा जलवायु सम्मेलन हुँदै |
चौतारा । सिन्धुपाल्चोकमा झण्डै १ करोड रुपैयाँ खर्च गरेर आगामी पुसमा राष्ट्रिय जलवायु सम्मेलन गरिन लागेको छ । जलवायु परिवर्तनका समस्या र असरबारे बृहत् छलफल गरी सरकार र सरोकारवालालाई समाधानका उपाय सुझाउने उद्देश्यले उक्त सम्मेलन गर्न लागिएको हो ।
सिन्धुपाल्चोक जिल्ला समन्वय समितिका सभापति कृष्णगोपाल तामाङले भने, ‘पुसमा जलवायु सम्मेलन हुँदै छ, केही दिनमै मिति पनि तय होला । आउँदो शुक्रवार सम्मेलन आयोजक मूल समारोह समिति गठन गरेर मिति तय गर्दै छौं ।’