वुद्धलाई ३ वटा एटीआर−७२ जहाज ल्याउन पर्यटन मन्त्रालयको अनुमति | फेब्रुअरीको पहिलो सातासम्म २ वटा ल्याइसक्ने

काठमाडौं । बुद्ध एयरलाई दुईवटा एटीआर−७२ ल्याउन पर्यटन मन्त्रालयले अनुमति दिएको छ । कम्पनीले दुई महिनाभित्र दुईवटा एटीआर−७२ ल्याउने जानकारी दिएको छ । कम्पनीले तीनवटा एटीआर−७२ थप्न गत सोमवार मन्त्रालयबाट इजाजत पाएको छ ।
तीनवटा मध्ये दुईवटा एटीआर−७२ आउँदो फेब्रुवरी पहिलो साता ल्याउने र थप एउटा जहाज असारसम्ममा ल्याउने योजना कम्पनीको रहेको छ । कम्पनीका अनुसार एउटा एटीआर−७२ को मूल्य करिब १ अर्ब रुपैयाँ पर्छ । जहाज थपिसएसँगै कम्पनीले हाल कार्यरत नौ जना को–पाइलट आउँदो जनवरीसम्म अपग्रेड गर्ने बताएको छ । कम्पनीका अनुसार छ जना नयाँ को−पाइलट रिक्रुटमेन्ट गरिसकिएको छ ।
नयाँ तीनवटा जहाज काठमाडौंबाहिर बेस राख्ने शर्तमा कम्पनीले तीनवटा जहाज ल्याउन लागेको हो । कम्पनीका अनुसार दुईवटा जहाज विराटनगर र भैरहवामा बेस राखी उडान गर्नेछ ।
जहाज थपिएपछि पोखरा, विराटनगर, नेपालगञ्ज, भैरहवालगायतका गन्तव्यमा एउटा उडान थप्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीले चैतबाट एटीआर−४२ मार्फत काठमाडौं−राजविराज नियमित उडान शुरू गर्ने बताएको छ ।