रिलायन्स इन्स्योरेन्सले खोल्यो बट्टारमा शाखा |
नुवाकोट । रिलायन्स लाइफ इन्सुरेन्सले मंगलबारदेखि बट्टारमा औपचारिक रुपमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।नुवाकोटको बट्टार बजारमा रहेको उक्त शाखा नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्कीले उद्घाटन गरेका थिए । जीवन बीमा सबैले अनिवार्य गर्नुपर्ने र यसबाट मृत्युपछिको जोखिम वहन र आफ्नै जीवनकालमा पनि धेरै फाइदा लिन सकिने कार्कीले बताए ।
कार्यक्रममा इन्सुरेन्सका निमित्त प्रमुख कार्यकारी अधिकृत निराजन कँडेलले बीमा बजारको क्षेत्र ठूलो भएको र यो व्यापार मात्र नभई सामान्य नागरिकको सेवा समेत भएको बताए । दुई अर्ब १० करोड रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको हाल ४० शाखा स्थापना भएका
छन् ।