सानिमा जनरल इन्स्योरेन्सको नयाँ शाखा ललितपुर |
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले ललितपुरमा शाखा बिस्तार गरेको छ । ललितपुर शाखाको उद्घाटन पछि कारोबार समेत शुरु भएको कम्पनीले जनाएको छ ।
कम्पनीको ललितपुर शाखाको उद्घाटन कम्पनीका नायब महाप्रबन्धक सुबोधलाल श्रेष्ठ, कम्पनीका सहायक महा प्रवन्धक राजु पौडेल र संचालक डा. माणिक लाल श्रेष्ठले गरे ।
ललितपुर क्षेत्रका ग्राहकलाई सहज सेवा दिनकालागि शाखा बिस्तार गरिएको कम्पनीले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।