गरिमा विकास बैंकको नयाँ शाखा झापाको दमकमा |
काठमाडौं । गरिमा विकास बैंकले मंगलबार झापाको दमकमा नयाँ शाखा खोलेको छ । शाखा कार्यालयको दमक नगरमालिकाका मेयर रामनाथ ओलीले उद्घाटन गरे । दमक शाखा कार्यालयको उद्घाटनसंगै गरिमा विकास बैंकको प्रदेश नं. १ को झापा, मोरङ र सुनसरीमा ९ वटा शाखा कार्यालय संचालनमा आएको बैंकले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।
काठमाडौंमा केन्दीय कार्यालय रहेको बैंकको हाल देशभर ६६ शाखा र १५ वटा एटीएम संचालनमा छन्।
बैंकले छिट्टै नै पर्साको बीरगंज, चितवनको टांडी र मिलनचोक, दाङ्गको तुल्सीपुर, बांकेको कोहलपुर, कञ्चनपुरको महेन्द्रनगर, कास्कीको हेम्जा, नुवाकोटको बट्टार र लमजुङ्गको बेसीशहरमा शाखा कार्यालय खोल्न लागेको पनि बिज्ञप्तीमा जनाइएको छ ।