राजधानीमा मंसिर १३ देखि १६ गतेसम्म सवारी साधनमा जोरबिजोर लागू गरिने |

काठमाडौं । राजधानीमा चल्ने सवारी साधनका लागि मंसिर १३ गतेदेखि १६ गतेसम्म जोरबिजोर प्रणाली लागू हुने भएको छ । मंसिर १४ देखि १६ गतेसम्म काठमाडौंमा हुने एसिया प्यासिफिक सम्मिटमा आउने विभिन्न राष्ट्रका अतिविशिष्ट र विशिष्ट ब्यक्तिहरुको सवारी आवगमनलाई ब्यवस्थित गर्न जोरबिजोर प्रणाली लागू गर्न लागिएको हो । महानगरिय ट्राफिक प्रहरी महाशाखाले अन्तरराष्ट्रिय सम्मेलनका कारण जोरबिजोर प्रणाली लागू गर्नु परेको जनाएको छ ।
जोरबिजोर प्रणाली लागू गर्न गृह मन्त्रालयले ट्राफिक प्रहरीलाई निर्देशन दिइसकेको छ । प्रहरीका अनुसार, १३ र १५ गते बिजोर तथा १४ र १६ गते जोर नम्बरका सवारी साधान चल्न पाउने छन्। ।
प्रहरीले अत्यावश्यक सेवा र शैक्षिक संस्थाका सवारी साधनमा भने जोर बिजोर प्रणाली लागू नहुने जनाएको छ ।