कक्षा १२ को परीक्षाफल प्रकाशित |
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ ।
बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको परीक्षाफल आज अर्थात भदौ १७ गते सार्वजनिक गरेको हो ।
बोर्डका अनुसार परिक्षाफल ग्रेडिङ पद्धति २०७८ अनुसार नतिजा प्रकाशित भएको छ जसमा प्रत्येक विषयमा सैद्धान्तिक तर्फ कम्तिमा ३५ प्रतिशत अंक नल्याए ग्रेड सिटमा नन ग्रेडिङ उल्लेख हुने छ । यस्तो व्यवस्था बोर्डले पहिलो पटक लागू गरेको हो ।
यसवर्ष नियमित तर्फ १ लाख ८८ हजार विद्यार्थी नन ग्रेडिङ(एनजी)मा परेका छन् । एनजी उल्लेख हुने विद्यार्थीले उच्च शिक्षामा भर्ना हुन पाउँदैनन् ।