गत साता कर्जा लगानी २ अर्बले बृद्धि, बैंकहरुको निक्षेप अझै बढेन |
काठमाडौं । बैंकहरुको निक्षेप संकलन अझै बढ्न सकेको छैन। नेपाल बैंकर्स सँघले उपलब्ध गराएको तथ्याँक अनुसार गत साता बैंकहरुको निक्षेप १ अर्बभन्दा कमले बढेको छ।
भदौ ३ गतेसम्ममा ४४ खर्ब २५ अर्ब ६५ करोड रुपैयाँ रहेको निक्षेप भदाै १० गतेसम्ममा ४४ खर्ब २६ अर्ब १६ करोड रुपैयाँ पुगेको छ।
गत साता बैंकहरुको कर्जा लगानी भने करिब २ अर्ब रुपैयाँले बढेको छ। भदौ ३ गतेसम्ममा ४१ खर्ब ७८ अर्ब २५ करोड रुपैयाँ रहेको कर्जा लगानी बढेर ४१ खर्ब ७९ अर्ब ५४ करोड रुपैयाँ पुगेको हो।
निक्षेप बढ्न नसक्दा बैंकहरुको सिडि रेशियो खासै घट्न सकेको छैन। भदौ १० गतेसम्ममा बैंकहरुको औसत सिडि रेशियो ८८.४२ प्रतिशत कायम भएको छ।