दिल्ली–काठमाडौं उडानका लागि स्पाइस जेटले माग्यो अनुमति |
काठमाडौं । भारतीय एयरलाइन्स कम्पनी स्पाइस जेटले नेपालमा पुनः उडान गर्ने भएको छ।
आगामी भदौ ३० (सेप्टेम्बर १५) बाट उडान गर्ने गरी जेटले नागरिक उड्डयन प्राधिकरणसँग उडान अनुमति मागेको हो।
जेटले दिल्ली–काठमाडौं–दिल्ली दैनिक उडानका लागि अनुमति मागेको नेपालका लागि आधिकारिक जनरल सेल्स एजेन्ट (जिएसए) जेनिथ ट्राभल्सले बताएको छ।
२०७२ सालको भूकम्पपछि जेटले नेपालमा उडान बन्द गरेको थियो।
त्यसअघि जेटले दिल्ली-काठमाडौं-दिल्ली नियमित उडान गर्थ्यो। यससँगै आठ वर्षपछि उक्त एयरले पुनः उडानको तयारी गरेको हो।