देशभरमा ६३४ जनामा कारोना पुष्टि, एक जनाले ज्यान गुमाए |
काठमाडौं । मंगलबार देशभरमा ६३४ जनामा कारोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्तालयको नियमित अपटेडमा दिइएको जानकारी अनुसार २४ घण्टामा भएको कुल ४ हजार ९४९ परीक्षण भएकोमा सो संख्यामा कोरोना पुष्टि भएको हो । सोहि अवधिमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक रहेको छ ।
एक दिनमा २ हजार ७५७ पीसीआर परीक्षण गर्दा ३४३ जनामा र २ हजार १९२ एन्टिजेन परीक्षण गरिएकोमा २९१ जनामा कोभिड १९ पाइएको हो ।
आज थपिएका संक्रमितमध्ये काठमाडौंका १९९ जना, ललितपुरका २९ जना र भक्तपुरका १३ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसरी एक दिनमा नै काठमाडौं उपत्यकामा २४१ जनामा कोभिड १९ पुष्टि भएको छ।
यसैगरी २४ घण्टामा कोरोना मुक्त हुने ४१७ जना छन् । मन्त्तालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या ४ हजार २२१ रहेको छ ।