महेन्द्रनगर कञ्चनपुरमा डिशहोम फाइबर नेटको सह–वितरण सोरुम |
काठमाडौं । डिशहोम फाइबर नेटले महेन्द्रनगर कञ्चनपुरमा पनि सह–वितरण सोरुमको शुभारम्भ गरेको छ । डिशहोमका तर्फबाट रिजनलसेल्स म्यानेजर जे बि गुरुङ, एरियासेल्स म्यानेजर निर्मल आचार्य र सेल्स अफिसर कमल रिमाल र लक्ष्मी राज जोशीको उपस्थितिमा सोरुम उद्घाटन गरिएको थियो ।
विगत लामो समयदेखि डिशमिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डिटिएच सेवा ग्राहकहरूमाझ पुर्याउँदै आएको न्यू केदार ईन्टरप्राईजले अब डिशहोम फाइबर नेट बिक्री र विक्री पछिको सेवा नयाँ सोरुम मार्फत दिनेछ।