मजदूरको धम्कीपछि बजाजको गुसिंगालस्थित रात्रिकालीन वर्कशप बन्द |
काठमाडौं । बजाज कम्पनीको ललितपुरको गुसिंगालस्थित रात्रिकालीन वर्कशप बन्द भएको छ । मजदुर युनियनको धम्कीपछि बजाज मोटरसाइकलको नेपाली विक्रेता हंसराज हुलास चन्द एण्ड कम्पनीले उक्त रात्रीकालीन वर्कशप बन्द गरेको हो ।
गुसिंगालमा रहेको वर्कशपमा क्रियाशील अखिल नेपाल अटोमेकानिक्स मजदुर संघ, एच.एच. बजाज कमिटीले व्यवस्थापनलाई पत्र पठाएरै मंसिर ११ गतेदेखि रात्रिकालीन सेवा बन्द गर्ने बताएपछि व्यवस्थापनले सार्वजनिक सूचना जारी गरेर उक्त वर्कशप बन्द गरेको हो ।