“आऊन साथी आऊ” बोलको स्वदेश गान लोकार्पण गर्दै जनआकाश साप्ताहिक पन्ध्रौं वार्षिक उत्सव सम्पन्न |
काठमाडौं । जनआकाश साप्ताहिकको १५ वष पुरा भएको छ । सञ्चार तथा सुचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । उक्त अवसरमा कलाकार,पत्रकार,खेलाडी,इन्जिनियर,रामेछापका निर्वाचित नगरप्रमुख उपप्रमुखहरुलाई सम्मान समेत गरिएको छ ।
जनआकाश साप्ताहिकका सम्पादक मोहन कार्कीको सभापतित्वमा भएको कार्यक्रममा विशेष अतिथि नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल,प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत लगायतको उपस्थिति रहेको थियो ।
मंगलबार प्रज्ञाभवनमा आयोजित एक समारोहकाबीच विभिन्न क्षेत्रमा योगदान पुर्याए बापत निम्न व्यक्तिहरुलाई सम्मान गरिएको हो ।
कार्यक्रममा वरिष्ठ हास्यकलाका सुभास गजुरेल,उत्तम केसी,म्युजिक भिडियो निर्देशक देवेन्द्र पाण्डे,गीतकार, अम्बिका बस्नेत,साहित्यकार विनोद नेपाल,पत्रकार नेपाल भुषण न्यौपाने,हास्यकलाकार शिवशंकर रिजाल,भिडियो सम्पादक प्रेम शर्मा पौडेल,कलाकार लक्ष्मीनाथ तिमल्सिना,नायक सितल केसी,कलाकार सविता खड्का,गायत्री पाण्डे,विजेन्द्र नौबागे,चिन्ता बहादुर कार्की,कल्पना कार्की,श्रुती कार्की,प्रतिक्षा राई,मोहन कार्की,उषा गजुरेल,क्यामेरामेन बिजय जिरेल सम्मानित भएका थिए ।
उक्त कार्यक्रममा कलाकारका साथमा लेखापरिक्षक सुनिल बस्नेत,लेखक तिलक बहादुर लुइटेल, निर्देशक मिन कुमार मुक्तान र युवा वैज्ञानिक शिशिर जिसी लगायतलाई पनि सम्मानित गरिएको छ ।