आज नेप्से घेर्दै लगानीकर्ता |
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कार्यान्वयनमा ल्याएको अनलाइन शेयर कारोबार संचालनमा समस्या आँउदासमेत सुधारको प्रयास नगरेको भन्दै लगानीकर्ताले नेप्से घेराउ गर्ने भएका छन् ।
इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ नेपाल, नेपाल पूँजीबजार लगानीकर्ता संघ र नेपाल पूँजीबजार संघले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै सिंहदरबारस्थित नेप्से कार्यालयमा भेला हुन लगानीकर्तालाई आब्हान गरेका छन्। । चारवटै संघका अध्यक्षद्धारा जारी विज्ञप्तिमा पूँजी बजारका १५ लाख भन्दा बढी लगानीकर्ताको १४ खर्ब भन्दा बढीको सम्पत्तिको सुरक्षामा गम्भिर चुनौती देखा परेको उल्लेख छ । सरकारले कात्तिक २० गतेदेखि अनलाइन कारोबार शुरु गरेको थियो ।
विज्ञप्तिमा नियमनकारी निकायको उदासिनताले पूँजी बजारमा गम्भिर समस्या उत्पन्न भएकाले आफ्नो सम्पत्ति सुरक्षाका लागि सबै लगानीकर्तालाई अनिवार्य उपस्थितीका लागि सहभागिता जनाउन आब्हान गरिएको छ । ब्रोकरमार्फत शुरु गरेको अनलाइन कारोबारमा विभिन्न समस्या आउँदा कारोबारनै प्रभावित भएको छ ।