भदौमा पनि ब्याजदर नबढाउने बैंकर्स संघको निर्णय |
काठमाडौं । भदौ महिनामा पनि बैंकको ब्याजदर स्थिर रहने भएको छ । नेपाल बैंकर्स संघको आज सोमबार बसेको बैठकले भदौ महिनामा पनि ब्याजदर नबढाउने निर्णय गरेको हो । वाणिज्य बैंकहरुले भदौ महिनामा पनि साउनकै ब्याजदरलाई निरन्तरता दिने निर्णय गरेका हुन् ।
बैंकहरुले गत फागुनदेखि मुद्दती निक्षेपको ब्याजदर बढाएका छैनन्। हाल बैंकहरुले निक्षेपमा अधिकतम ११.०३% सम्म ब्याजदर दिएका छन् ।
यस्तै, व्यक्तिगततर्फ ब्याजदर नबढ्ने भएपछि अब संस्थागततर्फको निक्षेपको ब्याजदर भने घट्नेछ । केन्द्रीय बैंकले व्यक्तिगतको भन्दा संस्थागततर्फको ब्याजदर २ प्रतिशत कम हुनुपर्ने व्यवस्था गरेको छ । यसअघि यस्तो अन्तर १ प्रतिशतमात्र थियो । २ प्रतिशत अन्तर हुने भएपछि संस्थागतको ब्याजदर घट्ने भएको हो ।