जस्मिन पेन्ट्सलाई लण्डनमा अन्तरराष्ट्रिय अवार्ड |

काठमाडौं । जस्मिन पेन्ट्सले लण्डनमा इन्टरनेशनल विड क्वालिटी एचिभमेन्ट गोल्ड अवार्ड पाएको छ । क्वालिटी, इन्नोभेसन र लिडरसीपमा उत्कृष्ट रहेको भन्दै विडले जस्मिनलाई यो अवार्ड दिएको हो । विडका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत जोसे इ प्रिइटोले कम्पनीका प्रवन्ध निर्देशक लक्ष्मण अर्याललाई अवार्ड हस्तान्तरण गरेका थिए । ‘क्वालिटी, लिडरसीप, टेक्नोलोजी र इन्नोभेसनलाई निरन्तरता दिएकोले यो अवार्ड दिएको हो’ अवार्डको प्रमाणपत्रमा उल्लेख छ ।
जस्मिन सन् १९९४ मा स्थापना भएको उद्योग हो । मनकामना समूहबाट उत्पादन भएको यो पेन्ट्सले आएसओ (९००१ː२०००) प्रमाणपत्र समेत पाइसकेको छ । कम्पनीले वार्षिक एक अर्ब रुपैयाँ बराबरको पेन्ट्सको कारोबार गर्छ । उद्योगबाट अन्तरराष्ट्रिय स्तरका विभिन्न पेन्ट्स उत्पादन गर्दै आएको छ । चितवनको लंकुमा रहेको उद्योगमा ८० जना कामदार कार्यरत छन्। ।