इजरायलले थप १ हजार नेपाली कामदार लैजाने |

काठमाडौं । इजरायल सरकारले थप १ हजार नेपाली कामदार लैजाने भएको छ । सोमबार श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र इजरायलका राजदुत खनान गोदेरबीच भएको भेटघाटमा थप १ हजार नेपाली कामदार लैजाने जानकारी दिएको हो ।
भेटघाटमा दुई देशबीचको श्रम सम्झौताबारे छलफल भएको छ । छलफलमा मन्त्री कुँवरलाई राजदुत गोदेरले इजरायल सरकारले थप १ हजार नेपाली कामदार कृषि कामको लागि लैजाने विषयमा टुङ्गो लगाएको कुरा जानकारी गराएको मन्त्रालयले जनाएको छ ।
यसअघि सहायक कामदारको लागि ९ हजार ६९९ जनाले निवेदन दिएकोमा १ हजार १४७ जना कामदार छनौट भएर इजरायल जाने तयारीमा छन् ।