पहिलो पटक विद्युतीय सवारीसाधनको मात्रै एक्सपो गर्दै नाडा, असोज ६ गतेदेखि शुरु हुने |
काठमाडौं । आगामी असोज ६ गतेदेखि नाडा अटोमोबाइल एसोसियसनले विद्युतीय सवारीसाधनको मात्रै एक्सपो गर्ने भएको छ ।
बिहिबार बसेको नाडाको केन्द्रीय कार्य समितिको आठौं बैठकले पहिलो पटक नाडा इभि एक्सपो २०२२ गने निर्णय गरेको हो ।
उक्त इभि एक्सपो २०७९ असोज ६ गतेदेखि ९ गतेसम्म काठमाडाैंकाे भृकुटी मण्डप प्रदर्शनी हलमा हुने भएको नाडाले जनाएको छ ।
सरकारले कार, जीप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध २०७९ को भाद्र १४ गतेसम्मको लागि विस्तार गरे पछि नाडाले इभि एक्सपो २०२२ गर्ने निर्णय गरेको हो ।