सिभिल बैंकका ग्राहकहरूलाई चुच्चेपाटी स्थित ‘द बेकरी क्याफे’ मा छुट |
काठमाडौं । सिभिल बैंकका कर्मचारी तथा ग्राहकहरूले काठमाडौंको चुच्चेपाटीस्थित 'द बेकरी क्याफे' मा विशेष छुट प्राप्त गर्ने भएका छन्।
बैंक र उक्त क्याफेबीच बुधबार एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
सम्झौता पत्रमा बैंकका तर्फबाट चावहिल शाखाकी प्रमुख सर्मीला तिवारी र क्याफको तर्फबाट अध्यक्ष राजाराम कार्कीले हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार बैंकका भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले उक्त क्याफेमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैंकले बताएको छ।
बैंकले मुलुकभर ११५ शाखा कार्यालय, १३ एक्सटेन्सन काउन्टर र १०० वटा एटिएमबाट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।