सिभिल लघुवित्तद्धारा पिडितको ऋण मिनाहा गरी बिमा दाबी रकम भुक्तानी |
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय विरुवागुठी, पर्साले बिमा दावी रकम भुक्तानी गरेको छ । पर्सा जिल्ला पर्सागढी न.पा. वडा नं.४, भेडहा टोलमा रहेको केन्द्र नं. ५८ कि सदस्य अलमुन नेसालाई उनको श्रीमान् शेख अलाउदिनको मृत्यू पछि बिमाको क्षतिपुर्ति रकम भुक्तानी गरेको हो ।
नेसाले उक्त संस्थाबाट १ लाख २० हजार रुपैयाँ कर्जा लिएकी थिइन् । उनको श्रीमानको मृत्यू पश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा गरि कर्जा बिमा अन्तर्गत श्रीमानको मृत्यू पश्चात दिइने काजक्रिया खर्च २५ हजार रुपैयाँ र तिरेको किस्ता रकम ३० हजार जम्मा रकम ५५ हजार रुपैयाँ एकमुष्ट भुक्तानी गरिएको कुरा संस्थाका शाखा प्रबन्धक श्यामबाबु प्रसाद यादवले बताए ।
संस्थाले आफना ग्राहक सदस्यहरुको हित तथा संरक्षण गर्न र ग्राहक सदस्यहरुलाई आपतकालिन अवस्थामा सहयोग पुर्याउने उदेश्य अनुरुप आवश्यकता अनुसार बिभिन्न कार्यक्रम तथा सहयोग रकम प्रदान गर्दै आइरहेको छ । दुःखको समयमा संस्थाले सहयोग स्वरुप रकम उपल्वध गराईदिएको भन्दै केन्द्रका सम्पुर्ण सदस्यहरुले संस्थालाई धन्यवाद दिएका छन ।
उक्त रकम प्रदान कार्यक्रममा शाखाको तर्पmबाट शाखा प्रबन्धक श्यामबाबु प्रसाद यादव तथा कर्मचारी एकबाल शर्मा र सो केन्द्रका केन्द्र संचालक दिपेश कुमार सिंहको उपस्थिति रहेको थियो । भने केन्द्रका सदस्यहरुको उपस्थिति पनि रहेको थियो ।