नेपाल एसबिआई बैंक र गेट वे पेमेन्ट सर्भिसबीच सम्झौता |
काठमाडौं । नेपाल एसबिआई बैंकले गेटवे पेमेन्ट सर्भिससँग अन्तरआवद्धता तथा मोबाइल फर्स्ट प्रविधिमा आधारित युनिफाइड पेमेन्ट इन्टरफेस नेपाल (युपिआई नेपाल) को नेटवर्क विस्तार गर्न सम्झौता गरेको छ ।
उक्त सम्झौतामा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत मोहम्मद रिजवान आलम तथा गेटवे पेमेन्टका प्रमुख कार्यकारी अधिकृत राजेशप्रसाद मानन्धरले हस्ताक्षर गरेका हुन्।
बैंकिङ प्रणालीमा प्रविधिको उपयोग गराई नेपाललाई विश्व मापदण्ड अनुरूपको सेवा प्रवाह गराउने विश्वसनीयताका साथ कम्पनीले अझै सुरक्षित र सजिलो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारोबार गर्न मिल्ने युपिआई नेपाल प्रणाली सञ्चालनमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विस्वास लिएको छ ।
बैंकले देशका विभिन्न स्थानमा ९१ शाखा, २१ एक्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२९ एटीएमबाट सेवा प्रदान गर्दै आएको जानकारी दिएको छ ।