नेपाल बैंकको संचालक समिति अध्यक्षमा ज्ञवाली चयन |
काठमाडौं । नेपाल बैंकको संचालक समिति अध्यक्षमा गंगाप्रसाद ज्ञवाली चयन भएका छन् ।
बैंकको संचालक समितिको सोमबार साँझ बसेको बैठकले ज्ञवालीलाई रिक्त रहेको अध्यक्षमा चयन गरेको हो ।
सो विषयमा बैंकले नेपाल स्टक एक्सचेञ्चलाई पत्र पठाएर जानकारी गराएको छ ।