चिनियाँ फिल्म फेष्टिभलमा ‘राधा’ प्रदर्शन हुने |
काठमाडौं । नेपाली कथानक चलचित्र ‘द सेक्रेट अफ राधा’ चिनियाँ फिल्म फेष्टिभलमा प्रदर्शन हुने भएको छ । ‘राधा’ चिनियाँ फिल्म फेष्टिभलमा प्रदर्शनका लागि छनोट भएको यसका निर्देशन सुवर्ण थापाले जनाएका छन् ।
खुसीको खबर भन्दै निर्देशक थापाले चाइना पर्फमेन्स इन्ड्रस्टिज एसोसिएनको आयोजनामा हुने ‘बेइजिङ इन्टरनेसनल डान्स भिडियो फेस्टिभल, २०२२’ मा ‘राधा’ प्रदर्शनका लागि छनोट भएको जनाएका छन् ।
चलचित्र ‘राधा’ भदौ १० गते नेपालमा रिलिज हुँदै छ । सुवर्ण निर्देशित चलचित्रमा श्रृष्टि श्रेष्ठ, खगेन्द्र लामिछाने, निश्चल बस्नेत, सौगात मल्ल, दयाहाङ राई, मेनुका प्रधान, बुद्दि तामाङलगायत कलाकारको आभिनय छ ।