ग्लोबल आइएमई बैंक र धनगढीको माया मेट्रो अस्पताल बीच सम्झौता, ग्राहकलाई विशेष छुट |
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडका ग्राहकले धनगढीमा रहेको माया मेट्रो अस्पतालले दिने सेवामा विशेष छुट पाउने भएका छन् । अस्पतालले दिने सेवा छुटसम्बन्धी सम्झौता पत्रमा दुवै पक्षबीच हस्ताक्षर भएको छ ।
सम्झौता अनुसार ग्लोबल आईएमई बैंकका ग्राहक तथा कर्मचारीहरुले माया मेट्रो अस्पतालको सेवामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।
माया मेट्रो अस्पतालमा छुट प्राप्त गर्न बैंकका ग्राहकहरुले बैंकको डेबिट÷क्रेडिट÷प्रिभिलेज कार्ड वा बैंकको परिचय पत्र पेश गर्नु पर्नेछ ।
आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी विभिन्न अस्पलातहरुसँग यस्ता सम्झौताहरु गरी समय सापेक्षता अनुरुप ग्राहकहरुलाई लावान्भित गर्दै आएको बैंकले जनाएको छ ।
मुलुकका सतहत्तरै जिल्लामा २८९ शाखा रहेको नेपालको पहिलो निजी क्षेत्रको बैंकले २६५ एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५२ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८८१ भन्दा बढि सेवा केन्द्रबाट ३० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।