एकीकृत समाजवादीको युरोपको संयोजकमा मोक्तान चयन |

नेकपा (एकीकृत समाजवादी) निकट प्रवासी नेपाली एकता मञ्च युरोप तदर्थ समिति गठन भएको छ। युरोप क्षेत्रमा रहेका एकीकृत समाजवादीका प्रतिनिधिहरुको जुम बैठकद्वारा कमिटी गठन गरिएको हो ।
कमिटीको संयोजकमा उमेशराज मोक्तान (बेलायत) चयन भएका छन्। उनी एमालेको सम्पर्क मञ्च वेलायतको संस्थापक कोषाध्यक्ष हुन् भने लेबर पार्टी बेलायत, नेपाल कलाकार संघको पूर्व अध्यक्ष, एनआरएनए बेलायतको पूर्व सल्लाहकार, धरान समाज बेलायतको संस्थापक अध्यक्ष लगायत युरोपका विभिन्न संघ संस्थाहरूमा समेत आवद्ध छन्।
एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा प्रवास समन्वय कमिटी संयोजक प्रसाद शाहको प्रमुख आतिथ्य तथा युरोप इन्चार्ज सुवास पोखरेलको अध्यक्षतामा कमिटी गठन भएको हो। कमिटीको सहसंयोजकमा निराजन सुवेदी (पोर्चुगल),सचिव अर्जुन खतिवडा (बेलायत),सहसचिव मनोज भुसाल (फिनल्यान्ड) छन्। त्यसैगरी उप सचिवहरु गोमा माझी (साइप्रस),अकल लामा (जर्मनी), सुधीर अर्याल (पोर्चुगल) छन्। बैठकले दीपेन्द्र गजुरेल (स्पेन) प्रमुख तथा वुद्धमान तामाङ (साइप्रस) र देवेन्द्र श्रेष्ठ रहेको प्रचार विभाग गठन गरेको छ।
त्यसैगरी कमिटीको सदस्यहरूमा सञ्जय मुडभरी (स्विजरल्याण्ड),डा मनमूर्ति भुर्तेल (रुस),कृष्ण तिवारी (बेलायत), टंक कटुवाल (पोल्याण्ड),राजन काफ्ले (आयरल्यान्ड),कृष्ण देवकोटा (जर्मनी),प्रेम गौतम (स्वीडेन),पशुपति प्रसाद भण्डारी (नर्वे),हरि तामाङ (क्रोसिया),चिन्तन बुढामगर (साइप्रस),धन बहादुर बोहरा (नेदरल्यान्ड्स),कृष्ण चौहान (फिनल्यान्ड) लगायत रहेका छन्।
तदर्थ समितिले ६ महिनाभित्र युरोपका देशहरूमा संगठन निर्माण गरेर अधिवेशन सम्पन्न गर्ने संयोजक मोक्तानले बताए।