सिद्धार्थ बैंकले १३ प्रतिशत लाभांश दिने |
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले १३ दशमलव १६ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले मंसिर ६ गते बसेको संचालक समितिको बैठकबाट शेयरधनीहरुलाई १३ दशमलव १६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
कम्पनीले ५ प्रतिशत बोनस शेयर र ८ दशमलव १६ प्रतिशत नगद लाभांश दिने भएको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकद्धारा स्वीकृति प्राप्त भई साधारण सभाबाट पारित भए पश्चात वितरण गर्ने निर्णय भएको छ ।