पाकिस्तानस्थित चिनियाँ कन्सुलेटमा आक्रमण, दुईको मृत्यु |
कराँची । पाकिस्तानको कराँचीस्थित चिनियाँ कन्सुलेटमा आज बिहानै भएको आक्रमणमा २ प्रहरीको मृत्यु हुनुका साथै एक सुरक्षा गार्ड घाइते भएका छन् । स्थानीय समयअनुसार बिहान ९ः३० बजे चार जना हतियारधारी जबर्जस्ती कन्सुलेटमा प्रवेश गर्न खोज्दा प्रहरीले रोकेपछि उक्त भभिडन्त भएको हो ।
हतियारधारीलाई सुरक्षा गार्डले चेकप्वाइन्टमा रोक्ने प्रयास गरेका थिए । यद्यपि कन्सुलेटमा रहेका कर्मचारी सबै सुरक्षित रहेको स्थानीय मिडियाले बताएका छन् । घटनावरपरको दृश्य स्थानीय समाचार च्यानलहरूले प्रसारण गरिरहेका छन् । चीन पाकिस्तानको नजिकको मित्रराष्ट्र हो । चीनले पाकिस्तानको पूर्वाधार विकासमा धेरै ठूलो लगानी गरेको छ । (बीबीसी)