प्राइम बैंकको खुद नाफा ३ अर्ब ६८ करोड |
काठमाडौं । प्राइम बैंकले गत आर्थिक वर्षको आन्तिम त्रैमासम्ममा ३ अर्ब ६८ करोड १२ लाख ३२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले अघिल्लो वर्षको तुलनामा १२.६३% ले खुद नाफा वृद्धि गरेको हो ।
यस बैंकको खुद ब्याज आम्दानी ८.९२% र सञ्चालन नाफा ११.७७% ले वृद्धि भएपछि खुद नाफामा पनि सुधार भएको हो । असार मसान्तसम्म आइपुग्दा निक्षेप संकलन र कर्जा लगानी पनि सामान्य विस्तार भएको छ ।
प्राइमको रिजर्भ कोष २६.६१% ले बढेर ६ अर्ब ५० करोड ६९ लाख रुपैयाँ पुगेको छ । रिटेन्ड अर्निङ भने १२.०८% ले घटेको छ । यसको कस्ट अफ फन्डसँगै खराब कर्जामा पनि सामान्य वृद्धि भएको छ ।
प्रतिसेयर आम्दानी ५९ पैसाले घटेर १९ रुपैयाँ ७३ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ६९ पैसा छ ।