सिद्धार्थ बैंकको खुद नाफा १२.७८% ले बढ्यो |
काठमाडौं । सिद्धार्थ बैंकले गत आर्थिक वर्षमा अधिकांश सूचकमा प्रगति गरेको छ । बैंकको खुद नाफासँगै प्रतिसेयर आम्दानीमा पनि वृद्धि भएको छ । खुद नाफा १२.७८% ले बढेर ३ अर्ब २१ करोड ९७ लाख ४१ हजार रुपैयाँ पुगेको छ ।
यस बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा दुवैमा सुधार भएपछि खुद नाफा पनि बढेको हो ।
असार मसान्तसम्म आइपुग्दा निक्षेप संकलन ५.८७% र कर्जा लगानी १२.७२% ले विस्तार भएको छ । सिद्धार्थको रिजर्भ कोषमा सामान्य सुधार हुँदै ७ अर्ब ७८ करोड रुपैयाँ भन्दा बढी जम्मा भएको छ । यसको कस्ट अफ फन्ड र खराब कर्जा दुवै बढेका छन् ।
सिद्धार्थको खुद नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि २ रुपैयाँ ९२ पैसाले बढेर २५ रुपैयाँ ७१ पैसा पुगेको छ ।