ग्लोबल आईएमई बैंकका ग्राहकलाई बयोधा अस्पतालमा ७ प्रतिशतसम्म छुट |
काठमाडौं । ग्लोबल आईएमई बैंक र काठमाडौंको बल्खुस्थित बयोधा अस्पतालबीच उपचार सेवामा विशेष छुट दिनेसम्बन्धी सम्झौता भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा बैंकको तर्फबाट कार्ड विक्री, वितरण तथा प्रवद्र्घन विभाग प्रमुख रवीन्द्र ढकाल र अस्पतालको तर्फबाट महाप्रबन्धक उत्तम थापाले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतासँगै अब ग्लोबल आईएमई बैंकका ग्राहकले उक्त अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरूमा ७ प्रतिशतसम्म छुट पाउने बैंकले जानकारी दिएको छ ।
बैंकका अनुसार अबदेखि उक्त बैंकका डेबिट, क्रेडिट, प्रिभिलेज कार्डबाहक ग्राहकले उक्त अस्पतालमा उपचार गराउँदा अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा सो मात्राको छुट पाउनेछन् । बैंकले अस्पतालसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले दुईपक्षीय सम्झौता गरेको हो ।