नबिल बैंकको ४ करोड ३३ लाख कित्ता सेयर नेप्सेमा सूचीकरण |
काठमाडौं । नबिल बैंकको ४ करोड ३३ लाख ६७ हजार २१९ कित्ता सेयर नेप्सेमा सूचीकरण भएको छ । तत्कालीन नेपाल बंगलादेश बैंकको सेयर अब नबिलको नाममा सूचीकरण भएको हो । नबिलले नेपाल बंगलादेश बैंकलाई १ः०.४३ अनुपातमा एक्वायर गरेको थियो । सोही सेयर स्वाप अनुसार कायम भएको बंगलादेश बैंकको सेयर नबिल बैंकको नाममा सूचीकृत गरिएको हो ।
अब नेपाल बंगलादेश बैंकका सेयरधनीले नबिल बैंकको नामबाट यो सेयर कारोबार गर्न सक्नेछन् । नबिलले नेपाल बंगलादेश बैंकलाई एक्वायर गरेर असार २७ गतेदेखि एकीकृत कारोबार सुरु गरेको थियो ।
नबिल बैंकको ४ करोड ३३ लाख ६७ हजार २१९ कित्ता सेयर नेप्सेमा सूचीकरण भएको छ । तत्कालीन नेपाल बंगलादेश बैंकको सेयर अब नबिलको नाममा सूचीकरण भएको हो । नबिलले नेपाल बंगलादेश बैंकलाई १ः०.४३ अनुपातमा एक्वायर गरेको थियो । सोही सेयर स्वाप अनुसार कायम भएको बंगलादेश बैंकको सेयर नबिल बैंकको नाममा सूचीकृत गरिएको हो ।
अब नेपाल बंगलादेश बैंकका सेयरधनीले नबिल बैंकको नामबाट यो सेयर कारोबार गर्न सक्नेछन् । नबिलले नेपाल बंगलादेश बैंकलाई एक्वायर गरेर असार २७ गतेदेखि एकीकृत कारोबार सुरु गरेको थियो ।