लक्ष्मी उन्नति कोष र इक्विटी फन्डको लाभांश घोषणा |
काठमाडौं । लक्ष्मी क्यापिटलद्वारा सञ्चालित २ म्युचुअल फन्डहरुले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् । क्यापिटलको साउन १६ गते बसेको सञ्चालक समितिको बैठकले लक्ष्मी उन्नत्ती कोषका इकाईधनीहरुलाई ५% नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो । यसले आर्थिक वर्ष २०७७–७८ मा भने २५% लाभांश वितरण गरेको थियो ।
त्यस्तै, लक्ष्मी म्युचुअल फन्ड अन्तर्गत सञ्चालित लक्ष्मी इक्विटी फन्डले पनि आर्थिक वर्ष २०७८–७९ को नाफाबाट ५% नै नगद लाभांश (प्रतिफल) वितरण गर्ने घोषणा गरेको छ । यसले आर्थिक वर्ष २०७७–७८ मा ३५% लाभाश वितरण गरेको थियो । क्यापिटलले लाभांशका लागि बुक क्लोज मिति भने सार्वजनिक गरेको छैन् । दुवै फन्डको व्यवस्थापक लक्ष्मी क्यापिटल रहेको छ ।