आरएमडीसी लघुवित्तको नाफा ९९.४८% ले बढ्यो |
काठमाडौं । आरएमडीसी लघुवित्तको खुद नाफामा आकर्षक सुधार भएको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा ९९.४८% ले खुद नाफा वृद्धि गरी ३५ करोड ४९ लाख ८ हजार रुपैयाँ पुर्याएको छ ।
अघिल्लो वर्ष भने आरएमडीसीले १७ करोड ७९ लाख १८ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । कम्पनीको खुद ब्याज आम्दानी ४९.५९% र सञ्चालन नाफा ८६.०१% ले सुधार भएपछि खुद नाफा पनि बढेको हो ।
आरएमडीसीको रिजर्भ कोषमा भने सामान्य गिरावट आएको छ । चुक्ता पुँजी २०% ले बढेर १ अर्ब २४ करोड रुपैयाँ नाघेको छ । यसअवधिमा नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । प्रतिसेयर आम्दानी ११ रुपैयाँ ४० पैसाले बढेर २८ रुपैयाँ ६० पैसा पुगेको छ । यसको प्रतिसेयर नेटवर्थ २६८ रुपैयाँ १८ पैसा छ ।