समता घरेलु लघुवित्तको खुद नाफामा आयो गिरावट |
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । समीक्षा अवधि सम्ममा संस्थाको खुद नाफा २६.४३% ले घटेर ७ करोड ९७ लाख २६ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिमा यसले १० करोड ८३ लाख ६१ हजार रुपैयाँ नाफा कमाएको थियो । यस लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेको छ । यसले ८ करोड ४९ लाख रुपैयाँ राइट ब्याकवापत उठाएको छ ।
अघिल्लो वर्ष सो रकम १५ करोड रुपैयाँ रहेको थियो । अघिल्लो वर्ष राइट ब्याक धेरै गरेकाले नाफा बढी देखिएको थियो । तर यसपटक यो शीर्षकमा कम रकम रहेकाले नाफामा प्रभाव परेको देखिन्छ । असार मसान्तसम्म आइपुग्दा यसको रिजर्भ कोष ६.४६% ले बढेको छ ।
यसको रिजर्भमा १८ करोड ६७ लाख ७२ हजार रुपैयाँ जम्मा भएको छ । यता, कस्ट अफ फन्ड भने बढेको छ । खुद नाफा घटेसँगै प्रतिसेयर आम्दानी १४ रुपैयाँ ६८ पैसाले घटेर २३ रुपैयाँ २६ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ४९ पैसा रहेको छ ।