बजारमा नयाँ उत्पादन उपलब्ध गराउने हिताचीको घोषणा |
काठमाडौं । हिताचीले कम्पनीका अधिकृत डिलर, र हिताची र युनिभर्सल इलेक्ट्रोकम प्रालिका प्रतिनिधिहरू, सञ्चारकर्मीहरुको उपस्थितिमा Meet & Greet कार्यक्रम आयोजना गरेको छ ।
रमेश कर्प संस्थाको शाखा- युनिभर्सल इलेक्ट्रोकम प्रालि नेपालमा हिताची होम अप्लाइन्सेसको आधिकारिक वितरक हो । उक्त कार्यक्रममा एएचएस जीका प्रबन्धक निर्देशक चेन टेक बेङ, व्यापार विकास विभाग (निर्यात व्यापार) का महाप्रबन्धक तरुण जैन र व्यापार विकास विभाग (निर्यात व्यवसाय) का वरिष्ठ प्रबन्धक एलविनथाम उपस्थित थिए ।
कार्यक्रममा हिताचीले चाँडै नै बजारमा उपलब्ध हुने चारवटा विभिन्न उत्पादनको घोषणा गरेको थियो । उत्पादनहरूमा हिताची माइक्रोवेभ ओभनका ४ मोडल, हिताची फ्रन्ट लोड अटोमेटिक १२ केजीवासिङ मेसिन, हिताचीफ्रेन्च बटम रेफ्रिजरेटर र हिताची कर्डलेस स्टिक भ्याक्युमक्लिनर समावेश छन् ।
कार्यक्रममा सहभागीहरूलाई उत्पादनको लक्ष्य, प्रयोगकर्ताको अनुभव र सुविधाहरूको दायरा बुझ्न मद्दत हुन्छ भनेर हिताचीका विभिन्न उत्पादनहरू जस्तै रेफ्रिजरेटर, वासिङ मेसिन र भ्याक्युम क्लिनरहरू पनि प्रदर्शनमा राखिएको थियो । हिताचीले नेपाली प्रयोगकर्ताहरूलाई विश्वव्यापी पाइने उत्कृष्ट उत्पादनहरू उपलब्ध गराउन नेपालमा आफ्नो सञ्चालनलाई थप मजबुत बनाउने योजना रहेको बताएको छ । ग्राहकको सन्तुष्टि आफ्नो उच्च प्राथमिकतामा रहेको जनाउँदै हिताचीले आफ्ना ग्राहकहरूलाई अझ राम्रो बिक्री सेवा र बिक्रीपछिको हेरचाह दिने प्रतिज्ञा गरेको छ ।
हरेक नेपाली घर परिवार माझ नया अविस्कारी प्रविधिहरू नजिक ल्याउने उद्देश्यका साथहिताचीले विविधता र गुणस्तरयता सुनिश्चित गर्दै आगामी दिनहरूमा लागि पर्ने पनि बताएको छ ।
रमेश कर्पका कार्यकारी निर्देशक सञ्जय अग्रवाल भन्छन्, ‘हामी नेपालका हाम्रा सबै ग्राहकका लागि गुणस्तरीय उत्पादन लाइनअप र बिक्रीपछिको सेवा सुनिश्चित गर्न कडाइका साथ काम गर्नेछौँ ।’
हिताचीले उसको सम्पूर्ण उत्पादनहरूमा विशिष्ट गुणस्तर कायम राख्ने गर्छ । त्यसका कारण उसका सबै उपकरणहरूको बजारमा ठूलो माग छ । ग्राहकको बजेट वा आवश्यकता जस्तोसुकै भए पनि, हिताचीसँग उनीहरूका लागि कुनै न कुनै उपकरण पक्कै छ ।
नयाँ रिलिजहरू, र अहिलेका विद्यमान उपकरणहरूको साथ, हिताचीले अत्याधुनिक प्रविधि, नवप्रवर्तन, र ग्राहक सेवाद्वारा नेपालको घरेलु उपकरणको बजारमा थप विस्तार गर्ने आफ्नो महत्त्वाकांक्षालाई झन् बलियो बनाएको छ । ‘रमेश कर्पसँगको हाम्रो व्यापार साझेदारीले हिताचीहोम अप्लाइन्सलाई नेपालका कुना-कुनामा विस्तार गर्दै, उत्कृष्ट सुविधा र प्रविधिका साथमा प्रत्येक घरलाई समृद्ध बनाउनेछ भनेर हामी दृढ विश्वास गर्छौं, ‘ हिताचीका प्रबन्धक निर्देशक चेन टेक बेङ भन्छन् ।
उत्पादन विवरण कार्यक्रमले चारवटा उत्पादन बजारमा ल्याएको थियो । ती हुन्-
१. हिताची फ्रन्ट लोड वाशिङ मेसिन gBD-D120XGV M : सरल र कुशल
यो नयाँ वाशिङ मेसिनले फ्रन्ट लोडिङ वासर ड्रायर इन्भर्टर विन्ड आइरन, एआईवास र अटो डोजिङ सिस्टम इन्भर्टरसहित १२ किलोग्राम धुने क्षमता र ८ केजी सुकाउने क्षमता प्रदान गर्दछ ।
२. हिताची कर्डलेस स्टिक भ्याक्युमक्लिनर PV-XL2K 240 USM : प्रभावशाली, छिटो, र कुशल
धेरै सजिलो, छिटो र कुशलतरिकाले भुईँदेखि छतसम्मको कुनै पनितहमा साना सफाइकालागियो उत्कृष्ट छनोट हुनेछ ।
३ . हिताची माइक्रोवेभ ओभनः एक अद्वितीयहिताची मल्टिटास्कर
यो माइक्रोवेभ ओभनले धेरै फरक उपकरणहरूलाई एउटै मेसिनमा समावेश गरेको छ । यस उत्पादनलाइनअन्तर्गत ४ विभिन्न मोडेलहरू राखिएको छ, जसमा प्रत्येक ग्राहकको लागि केही न केही पक्कै छ ।
४. हिताचीफ्रेन्च बटम रेफ्रिजरेटर R–WB640VOPB : ठण्डा र विलासी
नविनतम टेक्नोलोजी, ठण्डाकूल र विलासी, यो उत्पादन वातावरणीय रूपमा दिगो छ। लक्जरी मोडेलका रूपमा प्रवर्तन गरिएको यो रेफ्रिजरेटरले ग्राहकहरूले चाहेको सबै कुरा र थप पूरा गर्दछ !
राम्रो डिजाइन, परिष्कृत उत्पादन र सेवामार्फत हिताचीले विश्वभरकाग्राहकहरूको जीवनको गुणस्तर सुधार गर्ने लक्ष्य राखेको छ । कार्यक्रममा घोषणा गरिएका उत्पादनहरूमा हिताची गर्व गर्दछ । ‘उत्पादनहरू योसालको (२०२२) चौथो त्रैमासिकदेखि बजारमा उपलब्ध हुनेछन्,’ भन्छन् तरुण जैन ।