प्यारासुट नेचुराल स्याम्पुले शुरू गर्यो ‘सँगीको साथ साउन’ योजना |
काठमाडौं । प्यारासुट नेचुराल स्याम्पुकोले नेपाली महिलाहरुलाई लक्षित गरी आफ्नो “सँगीको साथ साउन” नामक एक महिने क्याम्पेन शुरु गरेको छ । उक्त क्याम्पेन मार्फत ब्राण्डले बृहत सेवाग्राहीहरुसँगको आफ्नो सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्धेश्य लिएको छ ।
“सँगीको साथ साउन” विशेषगरी प्रकृति, हेना, हरियो पहिरन जस्ता साउने संक्रान्तिका विषयवस्तुहरुमा आधारित महिला मित्रहरुमा केन्द्रित अभियान हो । प्यारासुट स्याम्पु शतप्रतिशत प्राकृतिक सामाग्रीहरु रातो हेबिस्कस, हेना, एलोभेरा र नरिवल मिल्क प्रोटिन आदिबाट तयार गरिने हुनाले पनि साउन महिनामा यो क्याम्पेन अझ सान्दिर्भिक छ ।
अभियानको मूल भाबलाई ब्राण्ड र प्रकृतिको बिशेष गुणसँग पंक्तिबद्ध गर्दै प्यारासुट स्याम्पु बृहत दर्शकहरुसँग आफ्नो सम्बन्धमा अझ सामिप्यता, प्रगाढता र मधुरयर्ता थप्ने उद्देश्य राख्दछ । “सँगीको साथ साउन” आफ्नो पूर्व–अभियान “केमिकललाई भनौं नो, प्राकृतिकलाई भनौं यस” को बिस्तारित अभियान पनि हो ।
प्यारासुट स्याम्पु प्राकृतिक विशेषताहरुले गर्दा कुनै पनि विशेष अवसरमा आफ्ना महिला साथीहरुलाई दिनका लागि उचित उपहार बन्न सक्छ भन्ने कुरालाई यो अभियानले अझ प्रस्ट्याएको छ । क्याम्पेनमा आकर्षणका थप पाटोहरु थप्न, ब्राण्डले प्रत्येक सोमबार रोचक इन्गेजमेन्ट पोस्टहरुको पनि आयोजना गर्ने जनाएको छ ।