जाइका नेपालको प्रमुखमा युमिको आसाकुमा नियुक्त |
काठमाडौं । जाइकाले युमिको आसाकुमा लाई नेपालको प्रमुखमा खटाएको छ । यस अघिका प्रमुख जून साकुमा आफ्नो कार्यकाल सकिए लगत्तै जापान फर्कदै छन् । आसाकुमा नेपाल कार्यकालमा खटाइनु अघि जापान स्थित जाइकाको योकोहामा केन्द्रमा महानिर्देशक पदमा कार्यरत थिइन ।
आसाकुमाले जाइकामा आफ्नो कार्यकाल सन् १९९३ देखि शुरु गरेकी थिइन । त्यस पछि उनले जाइकाको बिभिन्न बिभागमा कार्य सम्हालेकी थिइन । उनले भुटानस्थित जाइकाको कार्यालयमा २०१२ डिसेम्बरदेखि २०१६ मार्चसम्म प्रमुखको भुमिका निर्वाह गरि सकेकी छिन् । आसाकुमाले ओसाका विश्वविद्यालयबाट मानविकि र बिज्ञान बिषयमा स्नातक गरेकी छिन् ।
नेपालमा जाइका प्रमुख हुन पाएकोमा युमिको आसाकुमाले खुसि व्यक्त गरेकी छन् । उनले जाइकाको मूल नारा ʽविश्वलाई विश्वासका साथ नेतृत्वʼ लाई अझ प्रगाढ बनाउदै लैजाने प्रतिवद्घता समेत गरेकी छन् ।