नेपाल राष्ट्र बैंकले जारी गरेका विकास ऋणपत्रहरु नेप्सेमा सूचीकृत |
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल राष्ट्र बैंकले विभिन्न मितिमा निष्कासन गरेका विकास ऋणपत्रहरु सूचीकृत भएका छन् ।
नेपाल सरकारको तर्फबाट केन्द्रीय बैंकले निष्कासन गरेको ५ वर्ष अवधिको विकास ऋणपत्र २०८४ ‘छ’, ५ वर्ष नै अवधि भएको विकास ऋणपत्र २०८४ ‘ज’ र ६ वर्ष अवधि भएको विकास ऋणपत्र २०८५ ‘च’ बुधबार नेप्सेमा सूचीकृत भएका हुन् । यी सबै विकास ऋणपत्रहरु गत असार महिनामा निष्कासन भएका हुन् ।