एनआईसी एशिया बैंक र अजोड इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता |
काठमाडौं । एनआईसी एशिया बैंक र अजोड इन्स्योरेन्स लिमिटेडबीच बैंकासुरेन्स सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा बैंकको तर्फबाट कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतासँगै अब बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा एनआईसी एशिया बैंकका देशभर रहेका सम्पूर्ण शाखाबाट प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ ।