ग्लोबल आइएमई लघुवित्तले कमायो २५ करोड ५ लाख खुद नाफा |
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा ग्लोबल आइएमई लघुवित्तले २५ करोड ५ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिमाभन्दा १०.०५% ले बढी हो ।
अघिल्लो वर्षको यसैअवधिमा यसले २२ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा सञ्चालन नाफा २५.३१% र खुद ब्याज आम्दानी २६.९३% ले बढेको छ ।
असार मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी भने ७ रुपैयाँ ३९ पैसाले घटेर ४५ रुपैयाँ ३४ पैसा (वार्षिक) कायम भएको छ । अघिल्लो वर्ष यसको प्रतिसेयर आम्दानी ५२ रुपैयाँ ७३ पैसा (वार्षिक) रहेको थियो ।
यसको प्रतिसेयर नेटवर्थ १८३ रुपैयाँ ४२ पैसा छ । यसको खराब कर्जा २.६६% बाट घटेर १.६४% पुगेको छ ।