कुमारी जबले “फ्रन्ट अफिस म्यानेजमेन्ट एन्ड सेक्रेटरियल एटिक्वेट्स” तालिम सञ्चालन गर्दै |
काठमाडौं । कुमारी जबले पुर्व मिस नेपाल तथा मेडिया पर्सन एवम् ट्रेनर सुगारिका केसी लगायत अन्य दक्ष प्रशिक्षकहरुको साथमा “फ्रन्ट अफिस म्यानेजमेन्ट एन्ड सेक्रेटरियल एटिक्वेट्स” तालिम सञ्चालन गर्दैछ।
तालिमको बारेमा बोल्दै कुमारी जबका म्यानेजिङ डिरेक्टर सन्देश भण्डारीले भने, “अहिले काठमाडौँ लगायत बिराटनगर, पोखरा, बुटवल तथा नेपालका विभिन्न शहरहरुमा ठुला–ठुला व्यापारिक संस्थाहरु खोल्ने तथा शाखा विस्तार गर्ने काम भइरहेको छ र ती संस्थाहरुमा योग्य र तालिमप्राप्त उम्मेदवारहरुको उच्च माग रहेको छ । यहि आवश्यकतालाई ध्यानमा राख्दै हामीले “फ्रन्ट अफिस एन्ड म्यानेजमेन्ट सेक्रेटरियल एटिक्वेट्स तालिम” सञ्चालन गरेका हौँ ।”
फ्रन्ट अफिस र सेक्रेटरियल विभागमा आफ्नो करियर बनाउन चाहने व्यक्तिहरुको लागि यो तालिम अत्यन्तै उपयोगी हुने कम्पनीकाे विश्वास छ । यस तालिम साउन ११ गते बुधवारबाट शुरु हुन गइरहेको छ जुन १२ दिन संचालन हुनेछ । यस तालिममा सहभागी हुन इच्छुक व्यक्तिहरूले https://cutt.ly/cLRpn5wमा लग–इन गरेर अथवा वा कुमारी जबको टेलिफोन नम्बरमा सम्पर्क गर्न सक्नेछन् । यसको साथ–साथै कुमारी जबले समय–समयमा लेखा परिक्षण, एक्सेल, डिजिटल मार्केटिङ जस्ता विषयहरुमा पनि प्रशिक्षण सन्चालन गर्दै आइरहेको छ ।