डिएचआइ ब्रान्डका इलेक्ट्रोनिक्स तथा घरायसी उपकरणहरु नेपाली बजारमा |
काठमाडौं । डि एच आइ इलेक्ट्रोनिक्स प्रालीले डिएचआइ ब्रान्ड लन्च गरी उक्त ब्राण्डका इलेक्ट्रोनिक्स तथा घरायसी उपकरणहरु अनावरण गरेकाे छ ।
उक्त कार्यक्रममा डि एच आइ ब्रान्डका बिभिन्न उत्पादनहरु प्रदर्शन गरियो, जसमा डि एच आइ का घरेलु तथा होम इन्टरटेन्मेन्टका उपकरणहरु अन्तर्गत टेलिभिजन, वाशिङ मेसिन, रेफ्रिजरेटर, इन्डक्सन चुलो, राइस कुकर, एयर कुलर, किचन चिम्नी, भ्याकुम क्लिनर र चेस्ट फ्रीजर लगयतका अन्य घरेलु उपकरणहरु राखिएको थियो ।
डि एच आइ इलेक्ट्रोनिक्सले डिएचआइ ब्रान्डका घरायसी उपकरणहरुले भान्सामा र घरमा ग्राहकहरुलाई सहजता र चुस्तता प्रदान गर्ने दाबी गरेको छ ।
डि एच आइ का प्रमुख कार्यकारी अधिकृत केशवकान्त पौडेलले भने, 'डिएचआइ होम एप्लायन्सका नवीनतम प्रविधि र उत्कृष्ट गुणस्तरका उत्पादनहरु बजारमा उपलब्ध छन् जुन निकै सुविधाजनक, भरपर्दा र तुलनात्मक रुपमा प्रतिस्पर्धी मुल्यमा उपलब्ध छन् । '
डि एच आइ इलेक्ट्रोनिक्सले करीब दुई वर्षयता नेपालमा सेट–टप बक्सको निर्माण र वितरणमा भूमिका खेल्दै आएकोमा पछिल्लो समय स्वदेशी बजारमा इलेक्ट्रोनिक्स र घरायसी उत्पादनहरुको मागलाई मध्यनजर नगरी डि एच आइ ब्रान्ड अन्तर्गत आफ्नो गुणस्तरीय उत्पादनहरु बजारमा ल्याएको छ । यस्ता उपकरणहरुमा देखिन सकिने सम्भावित समस्याहरुलाई यथाशिघ्र सम्बोधन गर्न नेपालभरी आफ्नो सेवा सन्जाल समेत बिस्तार गरिएको छ ।
डि एच आइ ह्यापियर होम, छुट्टै छ है भन्ने नारा बोकेको डि एच आइ ब्रान्डका इलेक्ट्रोनिक्स तथा घरायसी उपकरणहरु बजारमा सर्वत्र उपलब्ध छन् ।