नट्सको लगइन र युजर आइडी लिन सूचीकृत संगठिन संस्थाहरुलाई नेप्सेको आग्रह |
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले सूचीकृत संगठित संस्थाहरुलाई नट्सको लगइन र युजर आइडी लिन आग्रह गरेको छ । नेप्सेले आइतबार सम्पुर्ण सूचीकृत संगठिन संस्थाहरुलाई एक सूचना जारी गर्दै उक्त आग्रह गरेको हो ।
नेप्सेले पुरानो वेबसाइट मर्मत गर्नु परेको र नयाँ वेबसाइट सञ्चालनमा आईसकेकोले सम्पुर्ण कम्पनीहरुको सूचना तथा विवरणहरु अपलोड गर्ने प्रणाली नट्सको लगइन र युजर आइडि लिन आग्रह गरेको हो ।
त्यसको लागि कम्पनीको इन्टरनेटको पब्लिक आइपि एड्रेस र आधिकारी इमेल उल्लेख गरी पत्रसहित नेप्सेको सूचीकरण शाखामा १० दिनभित्र सम्पर्क गर्न नेप्सेले अनुरोध गरेको छ ।